‘विश्वकपको एक सातामै प्रिमियर लिग चाँडो भयो’ « Khabarhub

‘विश्वकपको एक सातामै प्रिमियर लिग चाँडो भयो’


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि आज इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ। बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ।

तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन्। उनले भनेका छन्,‘ साच्चै म खुसी छैन।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए। अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले। ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ। विश्वकपपछि मात्र एक हप्ता बिदा हुनुहुँदैन थियो,’ कोन्टेले थपे।

निलम्बनका कारण रोड्रिगो बेन्टचर उपलब्ध हुने छैनन् भने ह्यामस्ट्रिङका कारण ब्राजिल स्ट्राइकर रिचार्लिसन समेत टोटनहमसँग छैनन्। लुकास मौरा भने सम्भवत खेल्नेछन्।

१५ खेल खेलेको टोटनहम २९ अंक सहित चौथो स्थानमा छ। आठ अंक बढि रहेको आर्सनल शीर्षस्थानमा छ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : १९ बजे

‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन

काठमाडौं – अभिनयमा आधारित कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’

दुई पूर्वप्रधानमन्त्रीका स्वकीयको सम्पत्तिमाथि अख्तियारको छानबिन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा