साइपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न | Khabarhub Khabarhub

साइपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

 शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको थियो । यो सेवाबाट ३८ जना भएका थिए । शिविरमा हाडजोर्नी, पाठेघर खसेको, नाक, कान, घाँटी र पित्तथैलीको समस्या देखिएका बिरामीलाई विभिन्न अस्पतालमा थप उपचारका लागि सिफारिस गरिएको राष्ट्रपतिका संस्कृति सल्लाहकार माधव शर्माले जानकारी दिए । 

शिविरमा भैरहवा, पोखरा र नेपालगञ्ज मेडिकल कलेजका १३ विशेषज्ञ चिकित्सक र प्राविधिकले सेवा पुर्‍याएका थिए । शिविरमा स्वास्थ्य सञ्चालनबाट स्थानीय बासिन्दा लाभान्वित भएको र आगामी दिनमा पनि निरन्तरको अपेक्षा गरेको गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा र उपाध्यक्ष डोल्मा तामाङले बताए । 

रोटरी क्लब अफ नक्साल, नेपालगञ्ज मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र साइपाल गाउँपालिकाको सहकार्य तथा गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवाको सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो । शिविरमा राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराई, रोटरी क्लब अफ नक्सालका लुना शर्मा अर्याल लगायतका व्यक्ति पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : १५ बजे

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण

मुस्ताङ – जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा