इंग्लिस प्रिमियर लिग : आर्सनलको सात अंकको अग्रता « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको सात अंकको अग्रता


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी गाब्रियल जेसुस घाइते भए पनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ।

बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३-१ ले हरायो।

खेलको २७औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोली वेस्टहामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।

दोस्रो हाफमा घरेलु टोली आर्सनलले खेलमा पुनरागमन ग(यो। मार्टिन ओडेगार्डको पासमा बुकायो साकाले बराबरी गोल गरेका थिए।

ग्रानिट छाकाले मिलाएको बललाई गाब्रियल मार्टिनेलीले गोल गर्दै २–१ को स्थितिमा ल्याएका हुन्।

इडवार्ड एनकेटियले ६९औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए।

जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ। दोस्रो स्थानका न्युक्यासल युनाइटेडको ३३ अंक छ।

म्यानचेस्टर सिटीको भन्दा सात अंक फरक हो। सिटीले बुधबार लिड्स युनाइटेडसँग खेल्दैछ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ४० बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि