यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना « Khabarhub

यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् ।

कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै भनिन्, ‘दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्छु ।’ शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ ।

कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन्, कल्याणी खड्का । प्रदेशसभामा उनको पनि पहिलो यात्रा हो । प्रदेशसभाको यात्रामा आफूलाई आशा र उत्साह दुवै रहेको खड्काले बताइन् । सदनमा जनजीविकाका सवाल, महिलाका मुद्दा, लैङ्गिक विभेद र कुप्रथाजस्ता कुरितीको अन्त्यका लागि काम गर्ने उनले सुनाइन् ।

हुम्लाबाट कर्णाली प्रदेशसभामा समानुपातिक सांसद बनेकी माओवादी केन्द्रकी जुम्कित लामाले जनताका अपेक्षा र आशा अनुरूप काम गर्ने बताउँछिन् । हुम्लाजस्तो विकट ठाउँबाट आफूलाई पार्टी र जनताले विश्वासका साथ पठाएकाले जिम्मेवारीपूर्वक काम गर्ने लामाले बताइन् ।

जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित कांग्रेसका राजीवविक्रम शाह भने संसद्का अनुभवी हुन् । यसअघि संविधानसभाका सभासद भइसकेका शाह यसपटक प्रदेशमा झरेका छन् । उनले कर्णालीका बासिन्दाको हितमा काम गर्ने संकल्पसहित प्रदेश सांसद बनेको बताए ।

पहिलो पटक प्रदेशसभा प्रवेश गरेका सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ बाट निर्वाचित कृष्णबहादुर जिसीले जनताको आशालाई मर्न नदिने बताए ।

जुम्ला प्रदेशसभा ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित एमालेका टेकराज पछाईंले प्रदेशसभामा रहेर जनताको आवश्यकताअनुसार कानुन निर्माणमा जोड दिने जनाए । आफूले निकै उत्साहका साथ संसद्को यात्रा तय गरेको भन्दै उनले कर्णालीको विकासका लागि योगदान गर्ने बताए ।

४० सदस्यीय प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । कर्णालीको संसद्मा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना सांसद छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : २२ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने