पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर सडकमै « Khabarhub

पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर सडकमै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर उठ्न छोडेको छ । अहिले सहरका चोकचोकमा फोहोर थुपारिएको छ । महानगरले फोहोर उठाउन छोडेको जनाएको छ । ‘फोहोर फाल्ने ठाउँमा विवाद छ । अहिले फोहोर उठ्न सकेको छैन,’ महानगरका प्रवक्ता मोति तिमिल्सीनाले भने, ‘हामी छिटै समस्या समाधान गरेर सफा गर्ने छौं ।’

पोखरा १४ मा रहेको यसअघिको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थलका कारण पुरिएको छ । अहिले महानगरपालिकाको कार्यपालिका बैठकले पोखरा ३२ लामे आहालमा अल्पकालीन ल्याण्डफिल राख्ने निर्णय गरेको छ । सोहीअनुसार सडक विस्तार गरिएको छ भने आवश्यक तयारी थालिएको छ । 

तर, स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर अहिले सडकमै थुप्रिएको हो । तिमिल्सिनाका अनुसार अझै ३–४ दिनसम्म फोहोर उठाउने अवस्था छैन । ‘केही दिन अझै लाग्छ । उता ल्याण्डफिल बनाउदै छौं । स्थानीयसँग पनि कुरा गर्नुछ,’ अघि भने । लामे आहाल बाहेक अन्य ठाउँमा पनि पोखराले फोहोर डम्प गर्ने जग्गा खोजी गरेको छ । महानगरले समयमा ल्याण्डफिलको व्यवस्था गर्न नसक्दा समस्या देखिएको हो । 

चार वर्षअघि देखि नै प्रयोगमा रहेको ल्याण्डफिल हटाउन सुझाव दिइएको थियो । तर, महानगरले वास्ता गरेन । अहिले पोखरा २१, २२ र ३३ मा दीर्घकालका लागि ल्याण्डफिल र प्लाण्ट राख्ने जग्गा खोजी गरि वातावरणीय प्रभाव मूल्यांकन गरिरहेको छ । पोखरा ३२ मा भने स्थानीयसँग सल्लाह नगरेको र वातावरणमा पर्ने असरको मूल्यांकन नगरेको गुनासो स्थानीयबासीको छ ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ५ : ११ बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन