पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर सडकमै | Khabarhub Khabarhub

पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर सडकमै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर उठ्न छोडेको छ । अहिले सहरका चोकचोकमा फोहोर थुपारिएको छ । महानगरले फोहोर उठाउन छोडेको जनाएको छ । ‘फोहोर फाल्ने ठाउँमा विवाद छ । अहिले फोहोर उठ्न सकेको छैन,’ महानगरका प्रवक्ता मोति तिमिल्सीनाले भने, ‘हामी छिटै समस्या समाधान गरेर सफा गर्ने छौं ।’

पोखरा १४ मा रहेको यसअघिको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थलका कारण पुरिएको छ । अहिले महानगरपालिकाको कार्यपालिका बैठकले पोखरा ३२ लामे आहालमा अल्पकालीन ल्याण्डफिल राख्ने निर्णय गरेको छ । सोहीअनुसार सडक विस्तार गरिएको छ भने आवश्यक तयारी थालिएको छ । 

तर, स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर अहिले सडकमै थुप्रिएको हो । तिमिल्सिनाका अनुसार अझै ३–४ दिनसम्म फोहोर उठाउने अवस्था छैन । ‘केही दिन अझै लाग्छ । उता ल्याण्डफिल बनाउदै छौं । स्थानीयसँग पनि कुरा गर्नुछ,’ अघि भने । लामे आहाल बाहेक अन्य ठाउँमा पनि पोखराले फोहोर डम्प गर्ने जग्गा खोजी गरेको छ । महानगरले समयमा ल्याण्डफिलको व्यवस्था गर्न नसक्दा समस्या देखिएको हो । 

चार वर्षअघि देखि नै प्रयोगमा रहेको ल्याण्डफिल हटाउन सुझाव दिइएको थियो । तर, महानगरले वास्ता गरेन । अहिले पोखरा २१, २२ र ३३ मा दीर्घकालका लागि ल्याण्डफिलप्लाण्ट राख्ने जग्गा खोजी गरि वातावरणीय प्रभाव मूल्यांकन गरिरहेको छ । पोखरा ३२ मा भने स्थानीयसँग सल्लाह नगरेको र वातावरणमा पर्ने असरको मूल्यांकन नगरेको गुनासो स्थानीयबासीको छ ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ५ : ११ बजे

खाँदबारीमा सुक्खा पहिरो खस्दा धर्मगुरु दोर्ची लामाको घर भत्कियो

खाँदबारी– संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहा च्यानडाँडामा सुक्खा पहिरो खस्दा स्थानीय

सन्तोष राजावादी पक्राउ : सरकारी मुखपत्रले छापेको थियो निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर पर्ने समाचार

काठमाडौँ- प्रहरीले सन्तोष राजावादीका नाममा परिचिति सन्तोषकुमार सिलवाललाई मंगलबार काठमाडौँबाट

अशान्त विश्वमा चीन–रुस सम्बन्ध सबैभन्दा स्थीर : राष्ट्रपति सी

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन–रुस सम्बन्धलाई प्रमुख विश्व

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण