नेपाल एयरलाइन्सद्वारा कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका लागि उडान संख्या थप « Khabarhub

नेपाल एयरलाइन्सद्वारा कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका लागि उडान संख्या थप


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ ।

नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि भएको र सडक यातायात सहज नभएका कारण उडान थप्नुपरेको श्रेष्ठले बताए ।

हुम्लाको सिमीकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ । भाडादर ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ । चार्टर उडानको १३ हजार २२० रुपैयाँ लाग्नेछ । यसअघि सिमीकोटका लागि शनिबार र आइतबार मात्रै उडान भर्ने गरिएको थियो ।

त्यसैगरी जुम्लामा नेपालगञ्जबाट सोमबार र मंगलबार उडान हुनेछ । भाडादर पनि ६ हजार २८० रुपियाँ तोकिएको छ । त्यस्तै, मुगुको ताल्चाका लागि आइतबार र मंगलबार उडान तालिका रहेको छ भने भाडादर ७ हजार ४०० रुपैयाँ तोकिएको छ । डोल्पाको जुफालका लागि हप्ताका दुई दिन सोमबार र बुधबार उडान हुनेछ । नेपालगञ्जबाट डोल्पाका लागि भने ६ हजार ८०५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।

बाजुराको कोल्टी विमानस्थलका लागि सातामा सोमबार र बुधबार उडान हुनेछ भने भाडा ६ हजार ९७५ रुपैयाँ कायम गरिएको छ । नेपाल एयरलाइन्सले चार्टर उडान नभइ सेड्युल उडान भर्ने भएका कारण भाडादर पनि सस्तो पर्ने गर्छ ।

यी जिल्लामा उडान भर्नका लागि यसअघि नेपाल एयरलाइन्सको जहाज हप्तामा एक रात नेपालगञ्जमा नाइट स्टे गर्ने गरेकोमा अहिले भने तीन दिन बस्दै आएको छ । उडान पनि नियमित रुपमा भइरहेको र यात्रुलाई पनि भाडादरमा सहज भएको नेपाल एयरलाइन्सले जनाएको छ । निजी हवाई सेवा प्रदायक कम्पनीले उडान भर्ने गरेपनि भाडा दर चर्को रहेको छ । हिमाली जिल्लामा सडक पहुँच सहज नहुँदा यहाँका सयौँ यात्रुहरु हैरानी खेप्दै आएको गुनासो आएपछि उडान संख्या थप गरिएको हो । हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिएको छैन ।

हिमाली जिल्लामा चिसोसमेत बढेको स्थानीयबासीले बताएका छन् । चर्को रकम तिरेर पनि जहाज चढन नपाएको भन्दै हिमाली जिल्लामा नागरिकले आक्रोश व्यक्त गरिरहेका छन् । अब सरकारी स्वमितत्वको कम्पनीले उडान दर बढाएपछि यात्रुलाई सहजता भएको मुगुकी स्थानीय रामदेवी खड्काले बताइन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ५६ बजे

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र

‘मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने

राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन

युवाहरूमा राष्ट्र सेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर