मेरो विदेश भ्रमणको थालनी भारतबाटै हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

मेरो विदेश भ्रमणको थालनी भारतबाटै हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुन सक्ने बताएका छन् । एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले आफूले विदेश भ्रमणको थालनी भारतबाट गर्ने बताएका हुन् ।

उनले आफूलाई विदेशी कटूनीतिज्ञमध्ये सबैभन्दा पहिले भारतीय राजदून नवीन श्रीवास्तवले फोन गरेर बधाई दिएको पनि खुलाए। उनले भने ‘मैले राष्ट्रपतिबाट शपथ लिएपछि मलाई पहिलो बधाई भारतीय राजदूतले फोन गरेर दिएका थिए । त्यसलगत्तै भारतीय प्रधानमन्त्रीले ट्विट गरेर बधाई दिनुभयो। नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ। हामीले मिलेर कयौँ काम गर्नुछ। त्यो काममा हामी लाग्नेछौँ। र प्रधामन्त्री भएपछि पहिलो अन्तर्वार्ता पनि मैले भारतीय टेलिभिजनलाई दिँदै छु ।’

उनले अहिलेको सरकार प्रो चाइनिज भएको कुरा अस्वीकार गरेका छन् ।‘यहाँ कोही प्रो चाइनिज, प्रो इन्डियन, प्रो अमेरिकन छैन । अब हामी सबै छिमेकीलाई मिलाएर लैजान्छौँ।’

यस्तै प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नयाँ नक्सा जारी गर्नेसहितका कदम इतिहास भइसकेको समेत बताएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ३२ बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम– भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ ।

विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल

करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली– तीनपाटन गाउँपालिका-१० लङ्गुर खोला बस्ने २० वर्षीय धन बहादुर

भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवन– भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडकमा बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल