मेरो विदेश भ्रमणको थालनी भारतबाटै हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

मेरो विदेश भ्रमणको थालनी भारतबाटै हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुन सक्ने बताएका छन् । एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले आफूले विदेश भ्रमणको थालनी भारतबाट गर्ने बताएका हुन् ।

उनले आफूलाई विदेशी कटूनीतिज्ञमध्ये सबैभन्दा पहिले भारतीय राजदून नवीन श्रीवास्तवले फोन गरेर बधाई दिएको पनि खुलाए। उनले भने ‘मैले राष्ट्रपतिबाट शपथ लिएपछि मलाई पहिलो बधाई भारतीय राजदूतले फोन गरेर दिएका थिए । त्यसलगत्तै भारतीय प्रधानमन्त्रीले ट्विट गरेर बधाई दिनुभयो। नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ। हामीले मिलेर कयौँ काम गर्नुछ। त्यो काममा हामी लाग्नेछौँ। र प्रधामन्त्री भएपछि पहिलो अन्तर्वार्ता पनि मैले भारतीय टेलिभिजनलाई दिँदै छु ।’

उनले अहिलेको सरकार प्रो चाइनिज भएको कुरा अस्वीकार गरेका छन् ।‘यहाँ कोही प्रो चाइनिज, प्रो इन्डियन, प्रो अमेरिकन छैन । अब हामी सबै छिमेकीलाई मिलाएर लैजान्छौँ।’

यस्तै प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नयाँ नक्सा जारी गर्नेसहितका कदम इतिहास भइसकेको समेत बताएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ३२ बजे

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

काठमाडौं– सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह

काठमाडौं– संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुलेक, कालापानी

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीशको टुङ्गो लगाउँदै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह संवैधानिक परिषदको बैठक सुरू

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

कर्णाली– भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा