सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु « Khabarhub

सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ रानागाउँ घर भएकी ५० वर्षीया कमला डाँगी र गंगादेव गाउँपालिका-५ महानेटा घर भएका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको भीरबाट लडेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले गंगादेव गाउँपालिकाका ओली सोमबार सल्यानको बाग्चौर नगरपालिका ५ टाटकेस्थित रानीपोखरा मेला हेरेर फर्कने क्रममा नजिकैको कालीभीरबाट लडेका थिए भने छत्रेस्वरी गाउँपालिकाकी डाँगी मंगलबार दिउँसो ३ बजेतिर घरबाट घाँसदाउरा गर्न नजिकैको खोरबारे जंगलमा गएको बेला भीरबाट लडेकी थिइन् ।

मेला हेर्न गएका ओली सोमबारदेखि घर नफर्केपछि आफन्तले खोजी गर्दै जाँदा मंगलबार बेलुकी भीरबाट लडेर मृत अवस्थामा फेला पारेका थिए । भीरबाट खसेर घाइते भएकी डाँगीको भने उपचारका क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ३५ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले