जुगल हिमालको आरोहण खुलाउन पहल « Khabarhub

जुगल हिमालको आरोहण खुलाउन पहल


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पर्ने जुगल हिमशृङ्खलाका विभिन्न उचाइको हिमचुलीहरू पर्वतारोहणका लागि खुला गर्ने माग गरिएको छ ।

बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीको नामाकरण गर्न अनुरोध गरेको छ । जुगल–१ (६५९१ मि), जुगल–२ (६५१८ मि), जुगल–३ (६१८४ मि) र जुगल–४ (६१२० मि) नामाकरण गर्न अनुरोध गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जानकारी दिए । प्रतिनिधिसभा सदस्य माधव सापकोटा, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागको महानिर्देशक होमप्रसाद लुइँटेलसहितको उपस्थितीमा ती हिमालको नामाकरण गरी आरोहणका लागि अनुमति माग्ने निर्णय गरेको हो ।

बैठकमा सिन्धुपाल्चोकमा अवस्थित जुगल हिमाश्रृङ्खलाका विभिन्न उचाइको हिमचुली पर्वतारोहणका लागि खुला गर्ने सम्बन्धमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको नेतृत्वमा भएको अध्ययन प्रतिवेदनमाथि छलफल भएको थियो । प्रतिवेदनमा समावेश गरिएका हिमाल पहुँचका दृष्टिले राजधानीबाट नजिक रहेको, पर्वतारोहणका लागि सहज पदमार्गको पहिचान भएको र मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने देखिएकाले आरोहणका लागि खुला गर्न पर्यटन विभागमार्फत नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णयामा भनिएको छ ।

छ हजार एक सय ५१ मिटर उचाइको जुगल हिमशृङ्खलाअन्तर्गत ग्याल्जेन पिक यसअघि दुईपटक आरोहण भइसकेको छ । पहिलो पटक २०७५ चैत २६ मा सफल आरोहण गरिएको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण भएको थियो । दोस्रो पटक २०७७ कात्तिकमा आरोहण गरिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ३५ बजे

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन