‘पेशेवर मगन्ते गिरोह’ का ७ चिनियाँ अष्ट्रेलियामा पक्राउ « Khabarhub

‘पेशेवर मगन्ते गिरोह’ का ७ चिनियाँ अष्ट्रेलियामा पक्राउ


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– ‘पेशेवर मगन्ते गिरोह’ सञ्चालन गरिरहेको आशंकामा अष्ट्रेलियामा ७ चिनियाँ नागरिक पक्राउ परेका छन् । पर्यटन भिसामा अष्ट्रेलिया प्रवेश गरेका उनीहरुलाई मेलबर्न शहरको केन्द्रिय भागबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरुले सडकमा आफूसँग केही नभएजस्तो स्वाङ पारी भिक माग्ने गरेको प्रहरीले जनाएको छ । यद्यपि उनीहरुलाई बस्न खानको कुनै समस्या नभएपनि उदार मेलबर्नबासीको दयालुपनको फाइदा उठाउँदै उनीहरुले भिख माग्ने गरेको अष्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेहरु ६५ देखि ७२ वर्ष उमेर समूहका छन् । अघिल्लो सोमबार र मंगलबार गरिएको कारवाहीका क्रममा उनीहरुलाई गिरफ्तार गरिएको तथा उनीहरुको साथबाट १००० अष्ट्रेलियन डलर, अष्ट्रेलियन मुद्रालाई चिनियाँ मुद्रामा विनिमय गरेको रसिद र अन्य दस्तावेज बरामद गरिएको जनाइएको छ ।

मेलबर्न शहर रहेको अष्ट्रेलियाको भिक्टोरिया राज्यमा भिख माग्न पाइन्न ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १२ : ५७ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४