अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत-पोखरा खण्ड खुल्यो « Khabarhub

अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत-पोखरा खण्ड खुल्यो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- सडक माथिबाट आएको सुख्खा पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ ।
कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा बिहानदेखि सडक अवरुद्ध बनेको थियो ।

बिहान ७ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । निर्माणाधीन उक्त लोकमार्ग हिउँदको समयमा चक्ल्याउने क्रममा भिर काटिएको थियो । सोही ठाउँबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको स्काभेटर र प्रहरी परिचालन गरिएको थियो । ठूला-ठूला ढुङ्गा खसेका कारण तीन घण्टाभन्दा बढी सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा अलपत्र बनेका धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

यसैबीच प्रहरीले वर्षायाममा सडक अवरुद्ध हुनसक्ने भन्दै डोजर र प्रहरीलाई तयारी अवस्थामा राख्ने जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १ : ०४ बजे

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत