लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण १६ पुसमा हुने  « Khabarhub

लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण १६ पुसमा हुने 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल– नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरूको सपथग्रहण १६ पुस शनिबार हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यहरूलाई १६ पुसमा सपथग्रहण गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । 

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा सदस्यहरूको सपथग्रहणका लागि १६ पुस र प्रदेश अधिवेशन १८ पुसमा बोलाउने गरी सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए । 

यस्तै, सरकारका प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सीमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्न स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको समेत जानकारी दिए । लुम्बिनी प्रदेशका सदस्यहरूलाई पहिलो पटक आफ्नो प्रदेशसभा भवन देउखुरी दाङमै सपथग्रहण गराउने तयार भएको छ ।

 लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरिसकेको छ भने प्रदेशसभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : ०० बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल