सेयर बजरमा ११.८१ अंकको गिरावट  « Khabarhub

सेयर बजरमा ११.८१ अंकको गिरावट 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेको छ । बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ०.६० प्रतिशतले सेयर बजार घटेको हो ।

मंगलबार भने  सेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो । साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।

यस्तै, नबिल बैंक र रिडी पावर कम्पनीको आठ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  यता, सेन्ट्रल फइनान्स, प्रभु जीवन बिमा र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको र साथै खप्तड लघुवित्त र सृजनशील लघुवित्तको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो । 

कुल ६० कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १४९ कम्पनीमा ओरालो लागेको छ । पाँच कम्पनीको मूल्य स्थिर छ । आज १३ उपसुचकमध्ये ५ कम्पनीको मूल्य उकालो लागेका छ । सबै बाँकी सबै सुचकहरूको मूल्य घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : ४१ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक