चिसोमा एलर्जीबाट बच्नुपर्छ | Khabarhub Khabarhub

चिसोमा एलर्जीबाट बच्नुपर्छ

'समस्या दोहोरियो भने सामान्य भनेर बस्नु हुँदैन'



चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरू रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ । जाडो मौसममा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टा सुनिनु र कम्मर दुख्ने समस्या एक हो । अत्यधिक चिसोका कारण हात खुट्टाको औला रातो हुने, चिलाउने, दुख्ने र सुनिने हुन्छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तीजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ । यसै विषयमा आधारित भएर यौन तथा छाला रोग विशेषज्ञ डा. सुदिप पराजुलीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पािदत अंश:

यो चिसो बढेसँगै हात खुट्टाका औंला फुल्ने कस्तो समस्या हो ?
चिसोमा धेरे बिहान र बेलुका काम गर्ने मान्छेमा यो समस्या देखिन्छ । यसलाई नेपालीमा चिसोले खाएको भन्छौँ । वैज्ञानिक भाषामा भन्दा पेरनियुसेस भन्छौँ । यसमा चिसोले गर्दा हात र खुट्टाको रक्त्तनलिहरु सङ्कुचन हुन्छ र सुनिने, फोका हुने, चिलाउने र घाउ हुने सम्म हुन्छ ।

चिसोको कारणले नै यस्तो हुने हो ?
जसलाई पनि चिसो भएपछि यस्तो हुन्छ गर्मी महिनामा पनि कुनै । रोग लागेको मान्छेहरूमा जस्तो थाइराइड भएको मान्छेमा यस्तो समस्या देखिन्छ ।

यो कुन उमेर समूहमा धेरै देखिन्छ ?
धेरै चिसो भयो भने यो बच्चादेखि बुढोसम्म जुनसुकै उमेर समूहमा देखिन सक्छ । त्यसैले चिसो बाट हात खुट्टा जोगाउनु पर्दछ ।

यस्तो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
कसैलाई पहिला वा अघिल्लो वर्ष यस्तो समस्या देखिएको छ भने पछिल्लो वर्ष चिसो पानी धेरै नचलाउने, पन्जा लगाएर बस्ने, चिसो पानीको काम गरे पनि छ हात खुट्टा सेकाउने । यो हात र खुट्टामा मात्र हैन कानमा पनि चिसोले खान्छ । त्यसैले टोपी लगाएर हिँड्नु पर्छ।

के कुरामा ध्यान दिएन भने पछि झन् समस्या पर्न सक्छ ?
मन तातो पानीमा हात डुबाउने, विशेषज्ञको सल्लाह लिएर औषधिको प्रयोग गर्ने । चिसोमा काम गरेपछि मनतातो पानीमा हात डुबाउने, आगो ताप्ने, पन्जा लगाएर बस्ने, गम्भीर अवस्थामा औषधि पनि खानु पर्ने हुन्छ ।

समयमा ध्यान नदिँदा के हुन्छ ?
पछि गएर हात खुट्टामा फोका/बिबिरा आउने र पछि त्यो फुटेर विभिन्न इन्फेक्सन हुनसक्छ ।

अस्पताल गए पछि उपचार कस्तो हुन्छ ?
बिरामीको अवस्था हेरेर लगाउने औषधि दिन्छौँ र लगाउने ले भएन भने खाने औषधि दिन्छौँ र १० दिनसम्म त्यो विस्तारै कम हुँदै जान्छ । पछि यस्तो समस्या आउन नदिने उपायहरू सिकाउँछौँ । अरू रोगको कारणले भएको रहेछ भने बिरामीलाई सबै रोगको बारेमा सोधेर त्यसको उपचार तर्फ लाग्छौँ ।

यो हरेक वर्ष दोहोरिने किन हुन्छ ?
चिसोको इन्जुरी भनेको हरेकमा हुन्छ, चिसोले आफूमा एलर्जी हुन्छ भने चिसोबाट पहिला नै बच्नु पर्छ। चिसोबाट बच्ने नै यसको रोकथाम हो ।

यो समस्या वंशाणुगत पनि हुन्छ ?
हाम्रो हरेक सोचाई कुनै न कुनै रूपले वंशाणुगत हुन्छ । बाबा-आमा वा रगतको नाता भएका आफन्त कसैमा छ भने आफूमा पनि यो समस्या हुन सक्छ भनेर पहिला नै रोकथामको उपाय सोच्नु पर्दछ । सामान्य मान्छेमा पनि यो हुन्छ । बारम्बार यो समस्या दोहोरियो भने सामान्य भनेर बस्नु हुँदैन भित्र अरू रोगहरू लागेर भएको हुन सक्छ । त्यसैले एक पटक विशेषज्ञलाई भेट्नु पर्दछ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ७ : १३ बजे

अघि बढ्यो जाबातिला अर्धजलाशययुक्त जलविद्युत आयोजना

सुर्खेत– जुम्लाको तिला नदीमा बन्न लागेको ७०.३७ मेगावाटको जलविद्युत आयोजनाको

दशौँ दिन पनि सडक छाडेनन् शिक्षकले (तस्बिरहरू)

काठमाडौं– दश दिनदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् ।

थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगे रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामा पठाउने

थुनुवाको पोशाकमा हतकडीसहित अदालततिर प्रसाईं (तस्बिरहरू)

काठमाडौं- राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा

नेपाल ल्यूब आयल २०० प्रतिशत हकप्रद शेयर ल्याउने 

काठमाडौं – नेपाल ल्यूब आयल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको