हाल्यान्ड चम्किदा सिटीको सहज जित « Khabarhub

हाल्यान्ड चम्किदा सिटीको सहज जित


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार लिड्स युनाइटेड ३-१ ले हराएको छ। जितसहित सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी पाँच अंकमा झारेको छ।

सिटी १५ खेलमा ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको आर्सनलको समान खेलमा ४० अंक छ भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको ३३ अंक छ। चौथो स्थानको टोटनहमको ३० र पाँचौ स्थानको म्याचेस्टर युनाइटेडको २९ अंक छ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोर्डीले गरेको गोलमा सिटीले अग्रता लिएको थियो। ५१औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर पारे।

६४औं मिनेटमा हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरे। जारी सिजन २० खेलमा हाल्यान्डको यो २६औं गोल हो। उनी यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बासिया डर्टमन्डबाट सिटी भित्रिएका थिए। ७८औं मिनेटमा पास्कलले लिड्सका लागि सान्त्वना गोल गरे।

सिटीले गत साता इङ्लिस लिग कपको अन्तिम १६ मा लिभरपुललाई हराएको थियो। कतार विश्वकप २०२२ को विश्रामअघिको खेलमा ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको सिटी विश्रामपछि भने जित लय भेट्टाउन सफल भएको छ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ४३ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका