गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै | Khabarhub Khabarhub

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग)को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग)को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन्।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन्।

तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन्। तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरकफरक छ। तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ।

सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : १८ बजे

तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण

दमौली– तनहुँका आठ स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको

जब मन्त्रीकै अगाडि कुलमान घिसिङ कड्किए…

काठमाडौं– नेपाल विद्युत प्रधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ शुक्रबार काठमाडौंमा

एडिबीद्वारा एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न

‘सुदूरपश्चिममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याएका छौँ’

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुदूरपश्चिम क्षेत्रमा दक्ष

स्याङ्जामा आगलागीबाट १५ लाखको क्षति

वालिङ– गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ ।