प्रचण्ड प्रधानमन्त्री बन्दा माधव नेपालको बिचल्ली ! « Khabarhub

प्रचण्ड प्रधानमन्त्री बन्दा माधव नेपालको बिचल्ली !


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नाटकीय रुपमा गठबन्धन फेरेर प्रचण्ड प्रधानमन्त्री माधव नेपालको भने बिचल्ली भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अपमानका कारण एमालेसँग छुट्टिएर नेकपा एकिकृत समाजवादी गठन गरेका माधव नेपाल अहिले प्रचण्डका कारण ‘यता न उताका’ भएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसबेला नेकपामा रहेका माधव नेपाल र प्रचण्डले ओलीविरुद्ध आन्दोलन गरेका थिए । कांंग्रेससँग मिलेर ओलीविरुद्धको लडाइ जितेपछि नेकपा पनि फुट्यो । एमाले पनि फुट्यो ।

नेकपा फुट्दा माओवादी अस्तित्वमा आयो । तर माधव नेपाललाई एमालेमा ओलीसँग बस्न गाह्रो भयो । कांग्रेस र माओवादी मिलेर सरकार बनाएपछि सरकारमा जानैका लागि माधव नेपालले एमाले फुटाएर नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेका थिए ।

त्यो पनि प्रचण्डकै उक्साहटमा माधव नेपालले पार्टी फुटाउनेदेखि नयाँ पार्टी बनाउनेसम्मको काम गरेको आरोप एमाले नेताहरु लगाउँछन् । एमाले फुटाएर नेकपा एकिकृत समाजवादीबाट माधव नेपालले झण्डै दर्जन नेताहरुलाई मन्त्री बनाए ।

एमालेमा अवसर नपाएका नेताहरुलाई उनले अवसर दिए । मन्त्री बनाए । चुनावअघिसम्म माधव नेपालको हैसियतमा प्रश्न उठेको थियो । तर चुनावमा कांग्रेस र माओवादीकै ओतले गर्दा सम्मानजनक सिट ल्यायो । तर पनि समानुपातिकमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन ।

एकातिर पार्टी राष्ट्रिय बन्न सकेन । अर्कातिर पार्टीलाई भरथेग गर्ने सत्ता गठबन्धन र प्रचण्ड छैनन् । जसलाई हिजो सबैभन्दा धेरै घृणा र अपमान गरिएको थियो । उसैको पछि लागेर प्रचण्ड प्रधानमन्त्री बनेपछि माधव नेपाललाई सबैभन्दा कठिन भएको छ ।

चुनावअघिसम्म माओवादी र नेकपा एकिकृत समाजवादीबीच एकता गर्ने कुरा पनि नआएको होइन । तर निकै अस्थिर स्वभावका प्रचण्डसँग तत्कालै एकता नगर्ने मुडमा माधव नेपाल थिए । ओलीविरुद्ध भएपनि सत्ता गठबन्धन जोगाउनुपर्छ भन्ने सोचेका माधव नेपालले प्रचण्डलाई न प्रधानमन्त्री बनाउन सके, न प्रधानमन्त्री बन्नबाट रोक्न सके ।

जसकारण उनी यतिबेला ठूलो मानसिक तनावमा छन् । प्रचण्डले सरकारमा ल्याउने र उनका सांसदलाई मन्त्री बनाउने बचन दिएका छन् । तर ओलीसँग यसअघि भएको मनमुटाव र इगोको लडाई फेरि दोहोरिने भएपछि माधव नेपालको चिन्ता दोब्बरले बढेको छ ।

पछिल्लो पार्टी फुट्दा त्यसको केही क्षति पूर्ति गर्न यतिबेला केपी ओली माधव नेपाललाई फकाउन चाहन्छन् । यसका लागि प्रधानमन्त्री बनेका प्रचण्ड आफैँले मध्यस्तता गरिरहेका छन् । प्रचण्डकै आग्रहमा माधव नेपाल सरकारमा जानेदेखि एमालेमा फर्किनेसम्म बहस अघि बढेको छ ।

तर ओलीसँगको इगोले रसतालमा रहेका माधव नेपाललाई ‘रेस्क्यू’ गर्न प्रचण्ड लागि परेपनि बिचल्लीमा परेका माधव नेपालको भविष्य सुरक्षित छैन । सरकारमा भागबण्डादेखि हरेक पदीय लडाइमा अब ओली अगाडि छन् । यसकारण पनि माधव नेपालको व्यक्तिगत कमजोरी ओली हावी हुँदा उनलाई चिन्ता हुनु स्वभाविक हो ।

तर आफूसँगै आफूसँग रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्न माधव नेपाल सरकारमा जान्छन् वा एमालेमा फर्किन्छन् ? त्यो प्रचण्डको हातमा छ । तर जता गएपनि केवल चित्त बुझाउने बाटो मात्रै हुँदा एमाले फिर्ती माधव नेपालका लागि अगाडिको ‘क्लियर रोडम्याप’ हो । जसलाई महसुस गरेपनि माधव नेपालले भने निर्णय गर्न बाँकी छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ५१ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने