प्रचण्ड प्रधानमन्त्री बन्दा माधव नेपालको बिचल्ली ! « Khabarhub

प्रचण्ड प्रधानमन्त्री बन्दा माधव नेपालको बिचल्ली !


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नाटकीय रुपमा गठबन्धन फेरेर प्रचण्ड प्रधानमन्त्री माधव नेपालको भने बिचल्ली भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अपमानका कारण एमालेसँग छुट्टिएर नेकपा एकिकृत समाजवादी गठन गरेका माधव नेपाल अहिले प्रचण्डका कारण ‘यता न उताका’ भएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसबेला नेकपामा रहेका माधव नेपाल र प्रचण्डले ओलीविरुद्ध आन्दोलन गरेका थिए । कांंग्रेससँग मिलेर ओलीविरुद्धको लडाइ जितेपछि नेकपा पनि फुट्यो । एमाले पनि फुट्यो ।

नेकपा फुट्दा माओवादी अस्तित्वमा आयो । तर माधव नेपाललाई एमालेमा ओलीसँग बस्न गाह्रो भयो । कांग्रेस र माओवादी मिलेर सरकार बनाएपछि सरकारमा जानैका लागि माधव नेपालले एमाले फुटाएर नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेका थिए ।

त्यो पनि प्रचण्डकै उक्साहटमा माधव नेपालले पार्टी फुटाउनेदेखि नयाँ पार्टी बनाउनेसम्मको काम गरेको आरोप एमाले नेताहरु लगाउँछन् । एमाले फुटाएर नेकपा एकिकृत समाजवादीबाट माधव नेपालले झण्डै दर्जन नेताहरुलाई मन्त्री बनाए ।

एमालेमा अवसर नपाएका नेताहरुलाई उनले अवसर दिए । मन्त्री बनाए । चुनावअघिसम्म माधव नेपालको हैसियतमा प्रश्न उठेको थियो । तर चुनावमा कांग्रेस र माओवादीकै ओतले गर्दा सम्मानजनक सिट ल्यायो । तर पनि समानुपातिकमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन ।

एकातिर पार्टी राष्ट्रिय बन्न सकेन । अर्कातिर पार्टीलाई भरथेग गर्ने सत्ता गठबन्धन र प्रचण्ड छैनन् । जसलाई हिजो सबैभन्दा धेरै घृणा र अपमान गरिएको थियो । उसैको पछि लागेर प्रचण्ड प्रधानमन्त्री बनेपछि माधव नेपाललाई सबैभन्दा कठिन भएको छ ।

चुनावअघिसम्म माओवादी र नेकपा एकिकृत समाजवादीबीच एकता गर्ने कुरा पनि नआएको होइन । तर निकै अस्थिर स्वभावका प्रचण्डसँग तत्कालै एकता नगर्ने मुडमा माधव नेपाल थिए । ओलीविरुद्ध भएपनि सत्ता गठबन्धन जोगाउनुपर्छ भन्ने सोचेका माधव नेपालले प्रचण्डलाई न प्रधानमन्त्री बनाउन सके, न प्रधानमन्त्री बन्नबाट रोक्न सके ।

जसकारण उनी यतिबेला ठूलो मानसिक तनावमा छन् । प्रचण्डले सरकारमा ल्याउने र उनका सांसदलाई मन्त्री बनाउने बचन दिएका छन् । तर ओलीसँग यसअघि भएको मनमुटाव र इगोको लडाई फेरि दोहोरिने भएपछि माधव नेपालको चिन्ता दोब्बरले बढेको छ ।

पछिल्लो पार्टी फुट्दा त्यसको केही क्षति पूर्ति गर्न यतिबेला केपी ओली माधव नेपाललाई फकाउन चाहन्छन् । यसका लागि प्रधानमन्त्री बनेका प्रचण्ड आफैँले मध्यस्तता गरिरहेका छन् । प्रचण्डकै आग्रहमा माधव नेपाल सरकारमा जानेदेखि एमालेमा फर्किनेसम्म बहस अघि बढेको छ ।

तर ओलीसँगको इगोले रसतालमा रहेका माधव नेपाललाई ‘रेस्क्यू’ गर्न प्रचण्ड लागि परेपनि बिचल्लीमा परेका माधव नेपालको भविष्य सुरक्षित छैन । सरकारमा भागबण्डादेखि हरेक पदीय लडाइमा अब ओली अगाडि छन् । यसकारण पनि माधव नेपालको व्यक्तिगत कमजोरी ओली हावी हुँदा उनलाई चिन्ता हुनु स्वभाविक हो ।

तर आफूसँगै आफूसँग रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्न माधव नेपाल सरकारमा जान्छन् वा एमालेमा फर्किन्छन् ? त्यो प्रचण्डको हातमा छ । तर जता गएपनि केवल चित्त बुझाउने बाटो मात्रै हुँदा एमाले फिर्ती माधव नेपालका लागि अगाडिको ‘क्लियर रोडम्याप’ हो । जसलाई महसुस गरेपनि माधव नेपालले भने निर्णय गर्न बाँकी छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ५१ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा