निजी विद्यालय संघको भेला बर्दिबासमा सुरु, पदाधिकारी भन्छन्- सरकारले सौतेनी व्यवहार गर्यो « Khabarhub

निजी विद्यालय संघको भेला बर्दिबासमा सुरु, पदाधिकारी भन्छन्- सरकारले सौतेनी व्यवहार गर्यो


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन) मधेस प्रदेशको भेला महोत्तरीको बर्दिबासमा सुरू भएको छ ।

प्याब्सनअन्तर्गत रहेका मधेस प्रदेशका निजी विद्यालयलाई कसरी थप व्यवस्थित र गुणस्तरीय बनाउने भन्ने विषयमा बिहीबारदेखि बर्दिवासमा भेला सुरू भएको हो । भेला शनिबारसम्म चल्ने प्याब्सनका केन्द्रीय सदस्य दिपक रायमाझीले जानकारी दिए ।

मधेस प्रदेशमा प्याब्सनअन्तर्गतका ७११ वटा निजी विद्यालय छन । यी विद्यालयमा एक लाख विद्यार्थी अध्ययन गरिरहेका छन् भने तीन हजार शिक्षकहरुले प्रत्यक्ष रोजगार पाएका छन् । झण्डै तीन सय कर्मचारीसमेत कार्यरत रहेका यी विद्यालयमा गुणस्तरीयतालाई थप गतिशील बनाउने अभियानअन्तर्गत भेला बसिरहेको प्याब्सन मधेस प्रदेशका अध्यक्ष दिपक रेग्मीले जानकारी दिए ।

शिक्षकहरूको समेत वृत्तिविकासलाई ध्यानमा राख्दै नेतृत्व विकास तालिमसमेत दिइएको छ । भेलाले नयाँ कार्यायोजना बनाएर तिन वटै तहका सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

निजी र सामुदायिक विद्यालयबीच सौतेनी व्यवहार भइरहेको बताउदै अर्का केन्द्रीय सदस्य नरेन्द्र शर्माले यही विषयमा अदालतमा मुद्दा समेत लडिरहेको बताए ।

उनले भने, ‘हाम्रा विद्यार्थीहरुले सरकारी छात्रवृत्ति नपाउने र सरकारी विद्यालय अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु वास्तवमै भेदभाव र सौतेनी व्यवहार भइरहेको छ,’ उनले भने । प्रदेशको समस्या पहिचान गरी भेलाबाटै गहन बहस र छलफल गर्ने अध्यक्ष रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ०३ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको