शुक्लाफाँटामा मकै खेतीको क्षेत्र विस्तार गरिने | Khabarhub Khabarhub

शुक्लाफाँटामा मकै खेतीको क्षेत्र विस्तार गरिने


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ । किसानलाई उन्नत जातको वसन्ते मकै खेतीप्रति आकर्षित गर्न अनुदानका कार्यक्रम अघि सारेको हो ।

कार्यक्रमअनुसार किसानलाई ५० प्रतिशत अनुदानमा अरुण ४ र पाइनियरलगायत उन्नत जातका मकैको बीउ उपलब्ध गराइने नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए ।

“मकै खेती गर्ने किसानको सङ्ख्या प्रतिवर्ष घट्दै गएको छ”, उनले भने, “मकै खेतीप्रति किसानको मोह बढाउन अनुदानका कार्यक्रम ल्याएका हौँ ।” किसानले माग गरेका मकैका उन्नत जातहरुको बीउ ल्याएर वितरण गर्ने योजना बनाइएको उनले बताए । “पाइनियर र अरुण–४ जातका मकै पूर्वतर्फका कैलाली, बर्दिया र बाँकैमा फस्टाएको पाएका छौँ”, शाखाप्रमुख बुढाऐरले भने, “किसानले पनि तीनै जातको माग गरेकाले उपलब्ध गराउँदैछौँ ।”

हाल नगरपालिका क्षेत्रमा वसन्ते मकैको खेती ५० हेक्टर क्षेत्रफलमा हुने गरेको छ । त्यसलाई बढाएर दोब्बर पार्ने नगरपालिकाको योजना छ । बजारमा उन्नत जातका वसन्ते मकैको बीउको मूल्य उच्च भएकाले सबै किसानले खरिद गर्न नसक्ने भएकाले आधा मूल्य नगरपालिकाले तिर्ने र आधा मूल्य किसानले तिर्ने गरी कार्यक्रम बनाइएको छ ।

“नगरपालिका क्षेत्र पहिला बर्खे मकैका लागि जिल्लामै अग्रस्थानमा रहेको थियो”, स्थानीय किसान रामकिसन डगौराले भने, “मकैको बजार भाउ नमिल्दा धेरैले छाड्दै गए, मकैको तुलनामा बढी आम्दानी दिने तरकारी खेती, उखु खेती गर्न थाले, त्यसपछि मकै लगाउने किसान खोज्नै मुस्किल हुन थालेको छ ।”

वन क्षेत्र संरक्षण भएपछि जङ्गली जनावरको सङ्ख्या बढ्दा लगाएको मकै बाली खाएर सखाप पार्न थालेपछि किसानले मकै लगाउन छाड्नुको अर्को कारण रहेको उनले बताए । हाल बजारमा कुखुरापालक किसान बढेसँगै मकैको माग उच्च छ ।

नगरपालिका क्षेत्रमा मकै नपाइँदा कुखुरापालकले बाह्य क्षेत्रबाट मकै खरिद गरेर दाना बनाई चारोका रुपमा कुखुरालाई खुवाउँदै आएका छन् । कुखुरापालक किसान कमल चौधरीले मकै बाह्य क्षेत्रबाट ल्याउँदा त्यसमा ढुवानी भाडा जोड्दा मूल्य निकै उच्च हुने गरेको बताए ।

“मकै प्रतिकिलो रु ३० देखि रु ३५ मा खरिद गर्दै आएका छौँ”, उनले भने, “ढुवानी खर्च जोड्दा रु ४० प्रतिकिलोसम्म पुग्छ, नगरपालिकामै मकै पाए ढुवानी भाडा तिर्नु पर्दैन, सस्तो हुन्छ ।”

मकै खेती गर्ने किसानले बजार मूल्य पाउन थालेकाले बर्खेभन्दा वसन्ते मकै लगाउने गरेका छन् । वसन्ते मकै बजारमा पोलेर बिक्री हुने र मकै दानाका रुपमा कुखुरापालकले घरबाटै खरिद गरी लैजाने गरेका छन् ।

नगरपालिकाले चालू आर्थिक वर्षमा किसानको मागअनुसार बीउ उपलब्ध गराउने भएको छ । वसन्ते मकै खेती गर्ने किसानलाई अभिमुखीकरण तालिम दिइने शाखाप्रमुख बुढाऐरले बताए । उनका अनुसार अर्को आर्थिक वर्षदेखि वसन्ते मकै खेती गर्ने किसानलाई बीउसँगै रासायनिक मल, कीटनाशकलगायत उपलब्ध गराउने योजना बनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : १७ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा