पाकिस्तानमा गरिबी बढ्यो « Khabarhub

पाकिस्तानमा गरिबी बढ्यो


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा गरिबीको दर बढेर ३५.७ प्रतिशत पुगेको छ । पाकिस्तानको इन्तेखाब दैनिकले जनाएअनुसार मुलुकमा खाद्यान्नको मूल्य बढेसँगै गरिबीको दर पनि बढेको हो ।

इन्तेखाबका अनुसार पाकिस्तानमा खानेकुराको मूल्य पनि २० देखि ३१ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गरिबी सूचकांकमा पाकिस्तान ११६ मुलुकमध्ये ९२ औँ स्थानमा रहेको छ ।

इन्तेखाबको समाचारमा जनाइएअनुसार सरोकारवालाले मुलुकमा मुद्रास्फीति नियन्त्रण गर्नका लागि प्रभावकारी संयन्त्र बनाउन पाकिस्तान सरकारलाई सल्लाह दिएका छन् ।

मुद्रास्फीतिका कारण खाद्य सुरक्षामा नै नकारात्मक असर परेको भन्दै यस्तो सल्लाह दिइएको हो ।

पाकिस्तानमा आतंककारी गतिविधि, अफगानिस्तानमा जारी द्वन्द्व तथा मौसम परिवर्तनका कारण उसैपनि उच्च खाद्य असुरक्षा रहेको बताइएको छ । मुद्रास्फीतिले खाद्य सुरक्षामा झनै नकारात्मक असर पुगेको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ३० बजे

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने

लोकतान्त्रिक अधिकारको बीउ शहीद नै रोपेका हुन् : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका