पाकिस्तानमा गरिबी बढ्यो « Khabarhub

पाकिस्तानमा गरिबी बढ्यो


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा गरिबीको दर बढेर ३५.७ प्रतिशत पुगेको छ । पाकिस्तानको इन्तेखाब दैनिकले जनाएअनुसार मुलुकमा खाद्यान्नको मूल्य बढेसँगै गरिबीको दर पनि बढेको हो ।

इन्तेखाबका अनुसार पाकिस्तानमा खानेकुराको मूल्य पनि २० देखि ३१ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गरिबी सूचकांकमा पाकिस्तान ११६ मुलुकमध्ये ९२ औँ स्थानमा रहेको छ ।

इन्तेखाबको समाचारमा जनाइएअनुसार सरोकारवालाले मुलुकमा मुद्रास्फीति नियन्त्रण गर्नका लागि प्रभावकारी संयन्त्र बनाउन पाकिस्तान सरकारलाई सल्लाह दिएका छन् ।

मुद्रास्फीतिका कारण खाद्य सुरक्षामा नै नकारात्मक असर परेको भन्दै यस्तो सल्लाह दिइएको हो ।

पाकिस्तानमा आतंककारी गतिविधि, अफगानिस्तानमा जारी द्वन्द्व तथा मौसम परिवर्तनका कारण उसैपनि उच्च खाद्य असुरक्षा रहेको बताइएको छ । मुद्रास्फीतिले खाद्य सुरक्षामा झनै नकारात्मक असर पुगेको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ३० बजे

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप

तीज : पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो

काठमाडौं- तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि