हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका – ५ तिनतलेमा आज मोटरसाइकललाई ठक्कर दिएर ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौरका ३० वर्षीय विक्रम बम्जन रहेका छन् । हेटौंडा अस्पतालमा उपचारका क्रममा बम्जनको मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया हिरामाया लोप्चन, ट्रक चालक बाराको निजगढ–९ का २५ वर्षीय सूर्यबहादुर घिमिरे र ट्रकमा सवार अन्दाजी २० वर्षीय युवकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको ट्रक सोही दिशातर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ८ बजे ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ०१ बजे

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित