हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका – ५ तिनतलेमा आज मोटरसाइकललाई ठक्कर दिएर ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौरका ३० वर्षीय विक्रम बम्जन रहेका छन् । हेटौंडा अस्पतालमा उपचारका क्रममा बम्जनको मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया हिरामाया लोप्चन, ट्रक चालक बाराको निजगढ–९ का २५ वर्षीय सूर्यबहादुर घिमिरे र ट्रकमा सवार अन्दाजी २० वर्षीय युवकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको ट्रक सोही दिशातर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ८ बजे ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ०१ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा