हिसान भक्तपुर टेबलटेनिसमा मोर्डनको वर्चस्व « Khabarhub

हिसान भक्तपुर टेबलटेनिसमा मोर्डनको वर्चस्व


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगितामा मोर्डन स्कुल भक्तपुरले वर्चस्व कायम गरेको छ। प्रतियोगिताअन्तर्गत छात्रातर्फ मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका दिया देउला प्रथम भइन्। प्रतियोगितामा मोडर्न स्कुलकै रविना श्रेष्ठ दोस्रो र जनप्रेमी स्कुल/कलेज कौशलटारका देविना पौडेल तेस्रो हुन सफल भए।

हिसान भक्तपुरको आयोजना र मध्यपुर थिमी कमेरोटारस्थित सुप्रिम एकेडेमीको संयोजनमा सञ्चालित प्रतियोगिताको छात्रतर्फ सुप्रिम एकेडेमी कमेरोटारका रिजेन श्रेष्ठ प्रथम भए। प्रतियोगितामा मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका राज कुँवर दोस्रो र मोडर्न स्कुलकै विकेन डिस्ट तेस्रो भए।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी छात्रा र छात्रतर्फ क्रमश: जनप्रेमी स्कुलका देविना पौडेल र स्वागत बने। सुप्रिम एकेडेमीका प्रिन्सिपल तथा केन्द्रीय हिसानका सदस्य विरेन्द्र जयनाको सभापतित्वमा सञ्चालित प्रतियोगिताको संयोजन सुप्रिम एकेडेमीका इन्चार्ज उदव कार्कीले गरेका थिए।

प्रतियोगिताका विजयी खेलाडीलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। यसअघि प्रतियोगिताको उद्घाटन १४ पुसमा मध्यपुर थिमी नगरपालिका भक्तपुरका उपमेयर विजयकृष्ण श्रेष्ठले गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : २८ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी