यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री « Khabarhub

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताए ।

कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा पनि गरे । प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै सम्पन्न मन्त्रिपरिषद्को पहिलो बैठकमै देशमा जारी आर्थिक संकट टार्न आवश्यक पहल गरेको पनि उनले बताए ।

साथै, अब देशमा व्याप्त भ्रष्ट्रचार, अनियमितता हटाइ सुशासन कायम गर्ने पक्षमा रहेको उनले बताए । जनतालाई पीरमर्का पर्ने कुनै पनि काम नगर्ने उनले प्रतिज्ञा पनि गरे ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ३ : १९ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र