कैलालीमा हाइस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो « Khabarhub

कैलालीमा हाइस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको गौरीगंगामा बिहान १०: २० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा ७३ वर्षीय कर्मा प्याकुरेल रहेकी छन् । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

घाइते मध्ये पदमा अस्पताल अत्तरियामा उपचाररत २५ वर्षीय गजेन्द्र प्याकुरेलको कम्मर र मुखमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हाइस दुर्घटना हुँदा कैलालीको भजनी नगरपालिका–२ का ३४ वर्षीय मोहन डगौरा, उनकी श्रीमती ३३ वर्षीया जानकी डगौरा, मोहन डगौरा र जानकी डगौराको छोरा ६र७ वर्षीय समेत घाइते छन् । 

त्यस्तै टिकापुर नगरपालिका–१ का ४० वर्षीया कृष्णी चौधरी, सोही स्थानकी २० वर्षीया पुजा चौधरी, जानकी गाउँपालिका–६ की ३५ वर्षीया अञ्जली चौधरी, टीकापुर नगरपालिका–१ की कृष्णी चौधरीको छोरा प्रिन्स चौधरी, बर्दिया गोरुवा–५ का ४४ वर्षीय रामबहादुर खडायतको कम्मर र मुखमा चोट लागेको छ । 

दुर्घटनामा परी घाइते हुनेमा बर्दिया घर बताउने ४० वर्षीय प्रकाश खडायत, बर्दियाकै ४६ वर्षीय लालबहादुर गाहामगर, बर्दियाकी ४२ वर्षीया मनुकुमारी चौलागाई रहेका छन् ।

त्यस्तै जानकी गाउँपालिका–४ का ५६ वर्षीय मन्तराम कठरिया, कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २९ वर्षीय मुकेश राना, भीमदत्त नगरपालिका–३ का ३१ वर्षीय रुद्र गुरुङ, जानकी गाउँपालिका–४ की ३२ वर्षीया अञ्जली रावत, ३७ वर्षीय रामबिलास रावतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ०४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर