विषादी परीक्षण रोकेर सरकारले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्यो- कांग्रेस | Khabarhub Khabarhub

विषादी परीक्षण रोकेर सरकारले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्यो- कांग्रेस


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको आरोप लगाएको छ । 

विषादी परीक्षण रोक्ने निर्णयबाट सरकार नागरिकको स्वास्थ्य र समग्र जीवनप्रति गम्भीर खेलबाड गर्न किञ्चित हिच्किाउँदैन भन्ने देखिएको कांग्रेसको आरोप छ ।

‘विषादी परीक्षणमा के विसर्जित भएको त होइन सरकारको राष्ट्रवादी चरित्र ?’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नो घोषित नीतिविपरीत सरकार नेपाल–भारत सीमाको भन्सार बिन्दुमा तरकारी फलफूललगायतमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न कांग्रेसले सरकारसित माग गरेको छ ।

काठमाडौंको प्रदूषणको प्राविधिक मापनको ज्ञानबिनै एकातर्फ मास्क नलगाई हिँड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परीक्षणबिनै अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद भएको कांग्रेसको भनाइ छ । 

तत्कालीन एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका बेला दिएको राष्ट्रवादी नारा अहिले आएर विसर्जन भएको कांग्रेसको टिप्पणी छ ।

 ‘निर्वाचनका बेला अभिव्यक्त महान् राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदै छ ?’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १० : १८ बजे

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक