गोठलापानी बजारमा ‘हर्न निषेध’ « Khabarhub

गोठलापानी बजारमा ‘हर्न निषेध’


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लाका केही क्षेत्रमा ‘हर्न’ बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवालासहितको सर्वपक्षीय छलफलबाट जिल्लाका बजार क्षेत्रलाई पहिलोपटक हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो ।

बढ्दो ध्वनि प्रदूषणलाई कम गर्न पहिलो चरणमा जिल्लाको सदरमुकामस्थित गोठलापानी बजार क्षेत्रमा सवारी हर्न बजाउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

ध्वनि प्रदूषणमुक्त बनाउने उद्देश्यले सुरुमा गोठलापानी बजार क्षेत्रमा लागू गरिएको र विस्तारै जिल्ला अन्य बजारमा पनि लागू गरिने उनको भनाइ छ । बजार क्षेत्रलाई ध्वनि प्रदूषणमुक्त बनाउन सर्वपक्षीय बैठकबाट हर्न निषेध गर्ने निर्णय गरिएको यसलाई पूर्णरूपमा कार्यान्वयनका लागि सरोकारवाला सबैको सहयोगको खाँचो रहेको प्रजिअ पन्थीले बताए । उनले भने, “ध्वनि प्रदूषण नियन्त्रण गर्नका लागि गोठलापानी बजार क्षेत्रमा हर्न बजाउन नपाइने निर्णय गरिएको छ, कार्यान्वयनमा सहयोग गर्न सबैलाई अपिल पनि गर्दछौँ ।”

पछिल्लो समय जिल्लाका बजार क्षेत्रमा सवारीसाधनको जथाभावी हर्नले ध्वनि प्रदूषण बढ्दै गएकाले यो निर्णयबाट कम हुने अपेक्षा गरिएको छ । नियमको पालना नगरेको पाइएमा तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : १७ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ