ऋणी नभएपछि एकै वर्ष ४६ खर्ब ७३ अर्ब तरलता प्रशोचन « Khabarhub

ऋणी नभएपछि एकै वर्ष ४६ खर्ब ७३ अर्ब तरलता प्रशोचन


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक शिथिलताका कारण व्यवसायिक मनोबल कमजोर हुँदा ऋणी नभेटिएपछि नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ०८०/८१ मा ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । सो अवधिमा जम्माजम्मी आठ खर्ब चार अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत तरलता प्रवाहका निम्ति रिपो र सोझै खरिद उपकरण प्रयोग गर्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप सङ्कलन र नेपाल राष्ट्र बैंक ऋणपत्र प्रयोग गर्छ ।

केन्द्रीय बैंकले अर्थ मन्त्रालयमा आइतबार पेश गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरूमार्फत ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको हो ।

समीक्षा वर्षमा एक अर्ब २० करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग भएको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूको भारित औषत अन्तरबैंक दर ३.६२ प्रतिशत थियो ।

गत असार मसान्तसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या १०७ थियो । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक हुन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११,५३० पुगेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई सात खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई एक खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति/दायित्व १.३ प्रतिशतले घटेर पाँच खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ०३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका