भिजिबिलिटी नपुग्दा नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द | Khabarhub Khabarhub

भिजिबिलिटी नपुग्दा नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए ।  

जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई उडान नभएको विमानस्थलले जनाएको छ । ‘अहिलेसम्म कुनै उडान भएको छैन र हुने सम्भावना पनि देखिँदैन’, प्रमुख खनालले भने । 

कर्णाली प्रदेशको जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिबिलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल प्रमुख खनालले बताए । आज बिहानैदेखि छ सय मिटर मात्र भिजिबिलिटी रहेकाले पहाडी जिल्लाका सबै उडान रद्द गर्नुका साथै काठमाडौँका लागि सबै उडान रद्द गरिएको उनले बताए ।

नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेको बताइएको छ । यहाँबाट काठमाडौँ, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ ।

केही दिनयता सुरु भएको शीतलहर र चिसोका कारण बाँके र बर्दियाको जनजीवन अस्तव्यस्त छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । नेपालगञ्जमा चिसोका कारण बाटोमा दाउरा बालेर बसिरहेको दृश्य देख्न सकिन्छ । 

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ५ : ५८ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने