मुक्तबहादुरले दिए सहरी स्वास्थ्य केन्द्रलाई जग्गा « Khabarhub

मुक्तबहादुरले दिए सहरी स्वास्थ्य केन्द्रलाई जग्गा


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – जिल्लाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्। विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स–सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले बताए।

“सामान्य उपचारका लागि पनि चिध्यार, वालिङ–१० को मदिखोला तथा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताल जानुपर्ने बाध्यता छ”, उनले भने, “वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने भएकाले गाउँमै स्वास्थ्यचौकी बनाउन सके सामान्य उपचार यही हुन्थ्यो भन्ने ठानेर जग्गा दिएको हुँ।”

जग्गा प्राप्ति भएकाले अब छिट्टै नै निर्माण प्रक्रिया थालिने वडाध्यक्ष सुनिल खनालले बताए। स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेकाले अब बोलपत्र आह्वानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उनले सुनाए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ५३ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती