भोटेकोशीमा बगेर २ जना बेपत्ता « Khabarhub

भोटेकोशीमा बगेर २ जना बेपत्ता


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिरल वर्षापछि भोटेकोसी नदीमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा नम्बर ४ र ५ को बीचमा रहेको शीवश्री हाइड्रो पावरमा कार्यरत २ जना कर्मचारी बाढीले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा शिवश्री हाइड्रोका साइट इञ्चार्ज यादव प्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले खबरहबलाई जानकारी दिए ।

काफ्लेका अनुसार शनिबार राति आएको बाढीले बगाएका २ जनाको भने उद्दार गरेर हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । उद्दार गरी काठमाडौं पठाइनेमा कामी तामाङ र पेम्बा थोक्याल छन् । उनीहरुको ललितपुरको बिएण्डबी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : २९ बजे

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत