दाङबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ « Khabarhub

दाङबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका- ४ सुनपुरका १९ वर्षीय बिक्रमभण्डारी, गढवा-६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही- १८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो । यादव र परियारलाई लमही – ४ अर्नवाबाट पक्राउ गरेको हो ।

प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलव १ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ८ : ४९ बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय