नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै « Khabarhub

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पर्ने नारायणी नदी किनारमा तटबन्धसहितको सडक निर्माण अगाडि बढाइएको छ । तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो । नारायणी नदी व्यवस्थापनसहित सडक निर्माणका लागि गैँडाकोटतर्फ नारायणी नदी व्यवस्थापन एवं तटबन्धन आयोजना अघि बढेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए । 

संघीय सरकारको नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत सञ्चालन हुने यस आयोजनाले गैँडाकोटका वडा नम्बर २, ६ र ९ लाई समेट्ने रिजालको भनाइ छ । ‘निर्माण कार्यका लागि एक महिना अगाडि नै काठमाडौँको मूलपानीस्थित निर्माण व्यवसायी ‘श्री रमण-त्रिवेणी जेभी’सँग सम्झौता भइसकेको छ’, उनले भने, ‘यही मङ्सिर २७ गतेदेखि आयोजनाको काम सुरु भइसकेको छ । उक्त आयोजना विसं २०८२ जेठ १८ गते सम्पन्न गर्नेगरी मङ्सिर १५ मा सम्झौता भएको रिजालले बताए । आयोजनाको लागि आवश्यक पर्ने क्रसर प्लान्ट गैँडाकोट-६ मा स्थापना गरी वडा नम्बर-९ बाट आयोजनाको काम सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । आयोजनाअन्तर्गत गैँडाकोटमा चार हजार नौ सय ४५ मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्धन हुनेछ । 

गैँडाकोट-६ का वडाध्यक्ष सुभाष चापागाईँका अनुसार वडा नम्बर २ मा पाँच सय मिटर, वडा नम्बर ६ मा छ सय ३० मिटर, वडा नम्बर ९ मा छ सय ६५ मिटर, विपी अन्तर्राष्ट्रिय खेलग्राममा तीन हजार एक सय ५० मिटर बाटो उकाससहित कङ्क्रिट ब्लकको तटबन्ध निर्माण हुनेछ । तटबन्धसहित नदी किनारमा बन्न लागेको सडकको उचाइ नदीको सतहबाट सात दशमलव आठ मिटर तथा चौडाइ १२ मिटरको हुने जनाइएको छ । उक्त आयोजना संघीय सरकारको एक अर्ब ९७ करोड ६८ लाख ८१ हजारमा सम्झौता भएको हो ।

कुसुमघाट-थुम्सी आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गराउन आवश्यक पर्ने निर्माण सामग्री नदीबाटै उत्खनन गरिने वडाध्यक्ष चापागाँईले जानकारी दिए । आयोजना निर्माण कार्यका लागिमात्र प्रयोग गर्नेगरी आयोजनाको आवश्यकताअनुसार नदीजन्य पदार्थ उत्खनन तथा उत्पादन गर्न अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन अनुमति प्रदान गरिएको उनले बताए । 

निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि सुवास तिमल्सिनाबाट निवेदन पेश भएअनुरूप ठेक्का सम्झौता बमोजिम अस्थायी क्रसर प्लान्ट स्थापना तथा सञ्चालन गर्न दिइएको गैँडाकोट नगरपालिकाले जनाएको छ । नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख शंकर कँडेलका अनुसार जल, जमिन, ध्वनि तथा वायु प्रदूषण नियन्त्रण विधि तथा उपाय अवलम्बन गरी क्रसर प्लान्ट स्थापनाका लागि अनुमति प्रदान गरिएको छ । 

पुस ८ गते बसेको गैँडाकोट नगरपालिकाअन्तर्गतको नगर विपद् व्यवस्थापन समितिले नदी किनारमा तटबन्धसहितको सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने निर्णय गरेको कँडेलले बताए । आयोजनाको क्याम्प तथा क्रसर प्लान्ट स्थापनाका लागि करिब चार बिघा जमिन भाडामा उपलब्ध गराइने उनको भनाइ छ । 

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नगरको भाडा निर्धारण समितिबाट यथोचित भाडा निर्धारण गरी कार्यालयले तोकेको स्थानमा क्याम्प तथा क्रसर प्लान्ट स्थापना गर्न सहमति प्रदान गरिएको बताए। 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  २ : ५७ बजे

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन

राँझा– बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई