रुपन्देहीमा करेन्ट लागेर मजदुरको ज्यान मृत्यु | Khabarhub Khabarhub

रुपन्देहीमा करेन्ट लागेर मजदुरको ज्यान मृत्यु


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। कञ्चन गाउँपालिका– ४ स्थित क्षेत्री टोलमा करेन्ट लागेर कपिलवस्तुको बाणगंगा –१० गोगापुर बस्ने करिव ५५ वर्षका घुराहप्रसाद थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।

वडाको क्षेत्रीटोल बस्ने भिमकुमार काउचाको घर ढलाईका लागि सटरिङ्ग गर्ने क्रममा फलामको छडले विद्युत्‌को हाइटेन्सन तारमा छुँदा दिउँसो करिब १ बजेको समयमा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ४० बजे

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी

प्रचण्डले भने- माओवादी र दलाल, नोकरशाही, बिचौलिया सँगसँगै रहन सक्दैनन्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई

मनसुन सङ्कट : पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो

लाहोर– मनसुनको नयाँ चरण सुरु हुनुअघि प्रान्तका विभिन्न बाढी प्रभावित

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

किएभ– युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ