गृहमन्त्री लामिछानेले हटाए सुरक्षामा खटिने अगुवा पछुवा गाडी « Khabarhub

गृहमन्त्री लामिछानेले हटाए सुरक्षामा खटिने अगुवा पछुवा गाडी


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने भन्दै उनले सुरक्षामा खटिने अगुवा र पछुवा गाडी हटाएका हुन् ।

साथै गृहमन्त्रीको सुरक्षामा खटिने प्रहरी निरीक्षक नेतृत्वको टोलीलाई पनि घटाएर प्रहरी नायब निरीक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेका छन् । शुक्रबार साँझ फेसबुकमार्फत उनले आफू सधैँ ट्राफिक नियमको पालना गर्ने पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरी आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला । सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिबद्ध छु । कुनै अकाट्य परिस्थिति आई पर्दाबाहेक म आफनो कार्यकालभरि नै यी नियम पालना गर्छु। ’

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ४६ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया