सामाखुशीमा आगलागी, नियन्त्रणको प्रयास जारी « Khabarhub

सामाखुशीमा आगलागी, नियन्त्रणको प्रयास जारी


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ ।टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो ।

उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए ।

आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ ।

आगलागी नियन्त्रणका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा रहेको प्रवक्ता मैनालीले बताउनुभयो । आगलागी एउटा टहरोको पसलबाट सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : २४ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार