कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै « Khabarhub

कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् ।

वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । संसदीय दलको बैठक अघि शुक्रबार साँझ पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका थिए। सभापति देउवाले बोलाएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।

बैठकमा आगामी संसद् बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो अधिवेशन यही पुस २५ गते सुरु हुँदै छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले ८९ सिट जितेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा पुगेको छ । सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिने तय भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ४५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको