रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध-मन्त्री विष्ट « Khabarhub

रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध-मन्त्री विष्ट


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीका सम्भावनाहरुलाई फराकिलो बनाउदै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै विष्टले ७१ वटा नयाँ निर्णय र कामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको पनि दाबी गरे ।

निष्पक्ष ढङ्गबार रोजगार संयोजको छनौट गरी प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बताउँदै विष्टले ७ सय ५३ वटै स्थानीय तहमा निश्चित मापदण्डका आधारमा कार्यक्रमहरु पठाइएको र एक लाख भन्दा बढी जनशक्तिले रोजगारी प्राप्त गरेको दाबी गरे।

मन्त्री बिष्टले आन्तरिक रोजगारको पूर्ण रुपमा व्यवस्था नभएको अवस्थासम्म वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर रोजगारदाता देशहरुसँग छलफल र श्रम समझदारी गरेको उल्लेख गरे ।

रोजगारदाता र श्रमिकको सम्धन्ध सुमधुर बनाउन श्रमिक ऐन लागू गरिएको मन्त्रीको भनाई छ ।

त्यस्तै बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संसदको प्रक्रिया बलियो बनाउन कानुन निर्माण गर्दा बाहिरी छलफल या संसदीय छलफललाई बढी जोड दिने भन्ने बारे सांसदहरुसँग सुझाव माग गरेका छन् ।

उनले केहि कानून निर्माणमा क्रममा समय अभावले सरोकारवालासंग छलफल हुन नसक्दा समस्या देखिएको बताए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै