बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो बन्यो « Khabarhub

बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो बन्यो


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा नोवेल मेडिकल कलेजको ६१ लाख चार हजार ९४ र बीपी कोइराला इन्स्टिच्युट धरानको ५७ लाख नौ हजार ६१ रहेको छ । अन्यको दाबी सङ्ख्या कम छ ।

अस्पतालका बीमा विभाग प्रमुख लीलाधर पौडेलका अनुसार अस्पतालले बीमा बोर्डबाट हालसम्म रु ९७ करोड ६३ लाख ११ हजार आठ सय २७ प्राप्त गरिसकेको छ । रु १५ करोड हाराहारी दाबी गरी पठाइएको भुक्तानी हुन बाँकी छ ।  विसं २०७४ भदौ १ गतेदेखि यहाँ बीमा लागू भएको हो । चितवनसहित तनहुँ, गोरखा र नवलपरासीका नागरिकले प्रथम बिन्दुका रुपमा भरतपुर अस्पताललाई राखेका छन् । पौडेलका अनुसार ‘रिफर’ भएर आउने बिरामी २२ भन्दा बढी जिल्लाका छन् ।

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गरेका छन् । पुस ११ गते एक दिनको तथ्यांक हेर्दा एक हजार चार सय ६५ बिरामी बहिरङ्ग सेवामा आएकामा एक हजार ७६ जना अर्थात् ७३ प्रतिशत बीमाका रहेका थिए । चितवनमा हाल स्वास्थ्य बीमा गर्नेको सङ्ख्या चार लाख १६ हजार आठ सय ५१ छ । स्वास्थ्य बीमामार्फत दाबी गर्ने औषधिमा ग्यास्ट्रिकका बढी छ । उपचारतर्फ सबैभन्दा बढी बहिरङ्ग सेवा लिनेछन् । रोग परीक्षणतर्फ उच्च रक्तचापका बिरामी बढी हुने गरेको पौडेलले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार बीमा दाबीमा भरतपुर अस्पताल पहिलो हो । उनले भने, ‘हामीले दाबी गरेका फाइल न्यूनमात्रै अस्वीकृत हुने गरेका छन् ।’ दाबीमा पहिलो हुँदा पनि अस्वीकृत हुनेमा १० औँ भित्र पनि भरतपुर अस्पताल पर्दैन ।अस्पतालमा बीमा सेवामा तालिम प्राप्त कर्मचारीको टोली रहेकै कारण राम्रो सेवा र दाबी गर्न सकिएको पौडेलको भनाइ छ । सत्तरी प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने भएकाले उनीहरूलाई लक्षित गरी सेवालाई चुस्त दुरुस्त बनाउनेमा अस्पताल प्रशासन लागेको पौडेल बताउँछन् । उनले भने, ‘हामीले बीमालाई नमुना बनाएका छौँ, बिरामीले पाउने सेवा सहज बनाउनेमा हाम्रो ध्यान छ ।’

न्यून जनशक्तिका कारण सोचेजस्तो सेवा अझै दिन नसकिएको स्वीकार्दै उनले श्ययाअनुसारको दरबन्दी स्वीकृत भएसँगै कुनै समस्या नहुने बताए । अस्पतालको ओएनएम सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकिएको छ ।
बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भरतपुर अस्पतालले बीमा दाबीमा धेरै राम्रो गरेको बताए। विगतको तुलनामा सुधार गरेर उत्कृष्ट काम गर्ने संस्थामध्येमा भरतपुर अस्पताल रहेको उनको भनाइ छ ।

बीमा बोर्डले विगत छ वर्षको अवधिमा हालसम्म करिब २५ अर्ब भुक्तानी गरिसकेको छ । उनका अनुसार अब रु तीन अर्ब भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये एक अर्ब ५० करोड आउँदो हप्ताबाट भुक्तानी प्रक्रियामा जाँदैछ । बीमाबाट सेवा दिने देशभरका चार सय ५१ अस्पताल रहेका छन् ।

विपन्न कार्यक्रमको भुक्तानीसमेत बोर्डलाई दिनका लागि सरकारले दुई अर्ब ४७ करोड निकासा गरेको छ । ती कार्यक्रमको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखाले गर्ने भए पनि त्यहाँबाट प्रक्रिया पुगेर नआएकाले भुक्तानीमा ढिलाइ भएको उनले जानकारी दिए । बोर्ड रकम वितरणका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १ : ४० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको