रुकुम पश्चिममा मध्यपहाडी सडक भासियो, दुर्घटनाको जोखिम « Khabarhub

रुकुम पश्चिममा मध्यपहाडी सडक भासियो, दुर्घटनाको जोखिम


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम खण्डको ठाउँ ठाउँमा समेत भासिएको छ । कमजोर निर्माण सामग्री प्रयोग भएका कारण भासिएको स्थानीयबासीको भनाइ छ । रुकुमपश्चिम खण्डको  मुसीकोट नगरपालिकाका वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए ।

 सडक भासिँदै जाँदा सवारी दुर्घटनाको जोखिम बढेको र हरेक वर्ष सडक भासिँदै गएको उनले बताए । सडक भासिनुका कारण र दीर्घकालीन समाधानका उपायबारे बेलैमा सोच्न जरुरी रहेको उनको भनाइ छ । हरेक वर्ष एक दुई मिटर गहिरो भएर सडक भासिने स्थानीय बताउँछन्  । उक्त क्षेत्रमा रहेको पानीको मुहानको दीर्घकालीन प्रभाव जाँच गरेर हाल सञ्चालन भइरहेको भन्दा भित्री भूभागबाट सडक खोलिएमा दिगो हुने उनीहरूको भनाइ  छ। 

सवारी चालक राम विकले भासिएको सडकखण्डमा गाडी पार गराउन मुस्किल हुनुका साथै भासिएको भूभागमा गाडी वारपार गराउँदा दुर्घटनाको जोखिम बढेको  बताए । मोटरसाइकल, जिप, हाइस र अन्य साना गाडी उक्त स्थानमा ठोक्किने गरेका छन्। अत्यन्त सावधानीपूर्वक उक्त ठाउँमा गाडी आवतजावत गराउनुपरेको चालक विकले बताए । भासिएको सडकखण्ड समयमै सुधार तथा मर्मत हुनुपर्ने उनको माग छ।

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले रुकुमपश्चिमको सडकखण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीलाई तत्कालका लागि गिट्टी हालेर भए पनि सडक मर्मत गर्न निर्देशन दिएको बताए । भासिएको सडकखण्डको भू-भागमुनि पानीको मुहान रहेको विषयमा स्थलगत अध्ययन गरेर निष्कर्ष निकालिने कार्यालय प्रमुख पोखरेलले उल्लेख गरे ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  २ : २३ बजे

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास