सरकारमा नरहे पनि कांग्रेस कमजोर छैन : मोहनबहादुर बस्नेत | Khabarhub Khabarhub

सरकारमा नरहे पनि कांग्रेस कमजोर छैन : मोहनबहादुर बस्नेत


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताए । आज पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसद्को पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयले पनि प्रवेश पाएको बताए ।

उनले कांग्रेस ठूलो पार्टी भएका हिसाबले सरकारको विभिन्न तहमा हिस्सेदारी, सरकारमा सहभागिताका विषयमा विभिन्न दलहरूसँग छलफल पनि भइरहेको बताए । यसका लागि कांग्रेसले आफ्ना कुरा राख्दै आएको बताए । 

उनले अहिले विभिन्न दलहरू सांसद बोकेर पसल थापिरहेको र यसमा कांग्रेसले आफ्नो निर्णय सुनाइरहेको बताए । संसदीय दलको बैठकबाट बारिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने बताए ।

उनले बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी भनेर व्यङ्ग पनि गरे । उनले आगामी बैठक २६ पुस  बिहान बस्ने छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ३ : ०१ बजे

चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि