फैसला कार्यान्वयनका लागि सहयोग गर्न सर्वोच्च अदालतको आह्वान | Khabarhub Khabarhub

फैसला कार्यान्वयनका लागि सहयोग गर्न सर्वोच्च अदालतको आह्वान


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले अदालतको फैसला कार्यान्वयन अपेक्षा अनुसार हुन नसकेको स्विकार गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान, नागरिक समाज, सुरक्षा निकाय, स्थानीय सरकार सबैलाई सहयोग गर्न आह्वान गर्नु भएको हो ।

आइतबार काठमाडौंमा आयोजित फैसला कार्यान्वयनसम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै निरौलाले फौजदारी मुद्दाको फैसला कार्यान्वयन अपेक्षित हुन नसकेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्यको जरुरी रहेको पनि बताए ।

मुख्य रजिष्ट्रार निरौलाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालत भित्र फैसला कार्यान्वयन निर्देशनालय गठन गरेको स्मरण गराउँदै त्यसको कामलाई प्रभावकारी बनाउने काममा पनि सरोकारवाला सबैको सहकार्यबाट मात्रै सम्भव हुने पनि स्पष्ट पारे ।

न्यायिक प्रहरीको समेत व्यवस्था गरिएपनि सरोकारवाला निकायको सहयोग नभएका कारण सर्वोच्च अदालतले जनताको अपेक्षा अनुसार अदालतको फैसला कार्यान्वयन गर्न नसकेको मुख्य रजिष्ट्रार निरौलाको भनाइ थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : ५५ बजे

घरमा शमीको बिरुवा रोप्दा के हुन्छ ?

काठमाडौं– सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको