गाउँपालिकामा निरक्षरको तथ्यांक संकलन गरिँदै | Khabarhub Khabarhub

गाउँपालिकामा निरक्षरको तथ्यांक संकलन गरिँदै


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरूको तथ्यांक संकलन गर्ने भएको छ । गाउँपालिकाले तथ्यांक संकलननकर्तालाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक-एकजना संकलनकर्ता परिचालन गरेको छ । 

गाउँपालिका शिक्षा शाखाप्रमुख रामप्रसाद खड्काका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमलाई लक्षित गरेर विद्यालयबाहिर रहेका बालबालिका तथा निरक्षर व्यक्तिहरूको विवरण संकलन गर्न लागेको हो । संकलनकर्ताहरुलाई विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर व्यक्तिको विवरणसहित पेसा, व्यवसाय, जनसङ्ख्या लगायतको विवरण संकलन गर्ने उनले बताए । 

यो कार्यक्रमबाट स्थानीय पाठ्यक्रम निर्माणमा टेवा पुग्नका साथै विद्यालयबाहिर रहेका बालबालिकाको यकिन तथ्यांक आउने र उनीहरूलाई विद्यालयमा फर्काएर टिकाउने कार्यक्रम बनाउन सहज हुने अपेक्षा राखिएको शिक्षा शाखाप्रमुख खड्काको भनाइ छ । त्यस्तै यसबाट निरक्षर व्यक्तिहरूलाई साक्षर बनाउन कार्यक्रम तर्जुमा गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ । जिल्लालाई नै साक्षर घोषणा गरिएको भए पनि सबै गाउँपालिकावासी साक्षर नभएको अवस्थामा उनीहरूको यकिन तथ्यांक संकलन गर्न लागिएको गाउँपालिकाले जनाएको हो । साथै यसबाट गाउँपालिकाको वास्तविक जनसङ्ख्या पनि पत्ता लाग्ने गाउँपालिकाको विश्वास छ । 

यी सबै विवरण स्थानीय पाठ्यक्रममा समावेश गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट कक्षा १ र ६ मा लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम सुरु गरिसकेको छ । 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ३ : १६ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र