‘वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार’ « Khabarhub

‘वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार’


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन् । पार्टी निकट नेवा राष्ट्रिय संघको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए।

उनले संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहंकारले नयाँ धुव्रिकरण भएको विचार व्यक्त गरे ।

अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर संगठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

‘सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ’, अध्यक्ष नेपालले भने । पार्टीका जनवर्गीय संगठन, स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट अहिले सरकारमा नजान र संगठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उनको भनाइ थियो । उनले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ४ : ०७ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता