सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन : शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्नु | Khabarhub Khabarhub

सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन : शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्नु


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

शनिबार काठमाडौंमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै लैजाने र अन्य पक्षमा पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरीलाई पूर्वाधारसँगै थप व्यवसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता जनाए ।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्चुङगोलाछाङ्रुकको चिसोसँगै तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको भन्दै यसमा सरकारले विशेष ध्यान दिने उनको भनाइ छ । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मुलुकको जुनसुकै स्थानमा जस्तोसुकै भूमिकाका लागि आफूहरू परिचालित हुँदै आएको बताए । 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : ०९ बजे

केही सडक आंशिक खुले, केही अझै अवरुद्ध 

काठमाडौं– ट्राफिक प्रहरीले ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ

विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बाढी,

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना

काठमाडौं– भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।