तीन तहकै सरकारबीच समन्वय आवश्यक : नेता सिंह « Khabarhub

तीन तहकै सरकारबीच समन्वय आवश्यक : नेता सिंह


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि शिक्षा र स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रको विकासका लागि तीन तहकै सरकार एक भएर अघि बढ्नुपर्ने बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले स्थानीय सरकारमार्फत जनताका गुनासा सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्नुपर्ने धारणा राखे। कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदामन्त्री दीपेन्द्र श्रेष्ठले, विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो रहेकामा जोड दिए।

बिजुलीका नाङ्गो तारलाई छोप्नुपर्ने, सडक, ढल र खानेपानी वितरण प्रणालीको नियमित मर्मतसम्भार गर्नुपर्ने, रोजगार प्रवर्द्धन र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम जोड दिनुपर्नेजस्ता सुझाव प्राप्त दिइएको थियो । त्यसैगरी फोहरमैला व्यवस्थापनका लागि क्षेत्र नं १ मा ट्रान्सफर स्टेसन बनाउनुपर्ने, मगर गाउँमा सडक र पानी पुर्‍याउनुपर्ने र पूजा प्रतिष्ठानमा रहेको ढुङ्गेधाराको पानी पिउनयोग्य बनाउनुपर्ने माग छ । महिला उद्यमशीलता प्रवर्द्धन र उत्पादित वस्तुको बजारीकरणमा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा रत्नराज्य विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुन नसकेकाले यसलाई सुरुआत गर्नुपर्ने सहभागी वक्ताहरूले धारणा राखेका थिए ।  

त्यसैगरी मेलम्चीको पानी वितरण गर्दा कतै चुहिएर खेर गइरहेको छ भने कतै पानी नै आउँदैन । यसको वितरण प्रणालीलाई मिलाइदिन आग्रह गरिएको थियो । कार्यक्रममा वडा १० का अध्यक्ष एवं महानगरको सामाजिक समितिका संयोजक रामकुमार केसीले वडाका रहेका व्यक्तिको गुनासो सुन्नसक्ने प्रणाली विकासमा प्रयास भइरहेको बताउँदै प्राप्त भएको गुनासोको सक्दो सम्बोधनको प्रयास गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : १३ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग