‘मुलुकको समृद्धिका लागि कर्मचारी र राजनीतिज्ञबीच समन्वय आवश्यक’ « Khabarhub

‘मुलुकको समृद्धिका लागि कर्मचारी र राजनीतिज्ञबीच समन्वय आवश्यक’


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुशल समन्वयले मात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति डडेलधुराको पाँचौं अधिवेशनको सफलताको शुभकामना दिँदै विशिष्ट अतिथि रहेका भट्टले मुलुकमा नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए ।

‘राजनीति र कर्मचारीबीच नङ मासुको जस्तो सम्बन्ध हुनुपर्छ। राजनीति गर्ने व्यक्तिहरूले नीति तथा कार्यक्रम बनाउँदा त्यसको सफल कार्यान्वयन गर्ने भनेको स्थायी सरकारका रूपमा रहेका कर्मचारीले नै हो। त्यसैले नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा कर्मचारीको उच्च भूमिका हुन्छ,’ भट्टले भने। यसका साथै कर्मचारीले नेताहरू र नेताहरूले कर्मचारीलाई सहयोग गर्नुपर्ने बताए ।

पछिल्लो समय नेपाली राजनीतिमा युवा उपस्थिति राम्रो रहेको बताउँदै उनले त्यो सकारात्मक कुरा भएको बताए । ‘अहिलेका युवा प्रविधिमैत्री छन्। खुला स्वभावका छन्। उनीहरूलाई कर्मचारीले पनि सहयोग गर्नुपर्छ,’ उनले भने ।

सरकारले कर्मचारीहरूको मनोभाव बुझेर उनीहरूलाई प्रेरित हुने खालका कार्यक्रम ल्याउनुपर्ने धारणासमेत उनले राखेका छन् । उनले सेती प्रादेशिक अस्पतालमा सदस्यका हैसियतले आफूले काम गर्दा कर्मचारीसँगको समन्वयका काम गर्दा प्रभावकारी हुनेगरेको पाएको अनुभव सुनाए ।

संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् प्रदेश इन्चार्ज बलदेव कापडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डडेलधुरा अध्यक्ष महावीर साकी र, सल्लाहकार देवराज जोशीले पनि आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ६ : ०८ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित