सरकारको निर्णयको पर्खाइमा नागरिक उन्मुक्ति | Khabarhub Khabarhub

सरकारको निर्णयको पर्खाइमा नागरिक उन्मुक्ति


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी– पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल अघि बढाएको छ । टीकापुर घटनाका विषयमा छानविन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, देविराम शर्मा समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका रेशम चौधरी सहति नेता कार्यकर्ताको रिहाईको प्रक्रिया अघि बढाए मात्रै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने नागरिकको अडान छ ।

तर हाल सम्म नागरिक उन्मुक्ति पार्टीले अघि सारेका मागका विषयमा हाल कायम रहेको सत्तारुढ गठबन्धनमा भने खास्सै छलफल नभएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । ‘प्रधानमन्त्री बनेपछि टीकापुर घटनाका विषयमा प्रचण्डको ध्यानाकर्षण गराएका थियौं,’ नागरिक उन्मुक्ति पार्टीका बरिष्ट नेता लक्ष्मण चौधरीले भने, ‘तर हाल सम्म त्यस विषयमा प्रधानमन्त्रीको कुनै आधिकारिक धारणा आएको छैन, नत गठबन्धनका बिचमा यो विषय उठेको छ, यो विषय सम्बोधन नभई हामी विश्वासको मत दिन सक्दैनौँ ।’

चुनाव अघि कैलाली आएर प्रचण्डले टीकापुर घटनामा थारू निर्दोष रहेको भन्दै भाषण गरेको स्मरण गर्दै चौधरीले भने, ‘तर उहाँ प्रधानमन्त्री भएपछि टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न र जेलमा रहेका हाम्रा नेता कार्यकर्तालाई रिहाई गर्ने विषयमा सकारात्मक देखिएका छैन, २५ गते सम्म कुनै सहमति नभएको खण्डमा हामी विश्वासको मत दिने छैनौँ ।’

उनले प्रदेश सरकार निर्माणका विषयमा पनि २५ गते पछि के गर्ने भन्ने टुङ्गो लाग्ने बताए । ‘हाम्रा मुद्दालाई सम्बोधन गर्ने लिखित सम्झौता भएको खण्डमा हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने छौं,’ उनले भने, ‘केन्द्रमा समर्थन दिएपछि प्रदेशमा पनि त्यसै अनुसार अघि बढ्न सक्छौँ, तर केन्द्रमा विश्वासको मत दिने वातावरण नबनेको खण्डमा भने प्रदेशमा पनि हामी नयाँ तरिकाले अघि बढ्ने छौं ।’

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : २८ बजे

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका