नरहरिनाथ गाउँपालिकामा सिकाइ कक्षा सञ्चालन « Khabarhub

नरहरिनाथ गाउँपालिकामा सिकाइ कक्षा सञ्चालन


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कालीकोट- नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो ।

गाउँपालिकाका नौवटै वडाका घरघरमा बालबालिकालाई सिकाइ कक्षा सञ्चालनमा ल्याइएको हो । शिक्षाको गुणस्तर बढाउन बालबालिकालाई घरमा नै शिक्षा सिकाउनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई समर्थन गर्दै गाउँपालिकामा घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

“सहयोगी साझेदार संस्था प्लान नेपालको सहयोगमा अहिले गाउँपालिकाका नौवटै वटामा सिकाइ कक्षा सञ्चालनमा छन्”, उनले भने, “विद्यालय सञ्चालन नभएको समयमा बालबालिकाले घरमै पढ्न पाउने भएको छन् ।”

प्लान नेपालको सहयोग र किर्डाक नेपालद्वारा नरहरिनाथ गाउँपालिका १२ विद्यालयमा ३६ वटा सिकाइ केन्द्र सञ्चालनमा रहेको पढाइ लेखाइ सीप सुधार परियोजना कार्यक्रमका प्रतिनिधि ईशरा बुढाले बताए । “प्रत्येक वडामा सहजीकरणका लागि चार जना प्रतिनिधि राखेका छौँ”, उनले भने, “बिहान बेलुकी सबै कक्षामा सिकाउने गरेका छन् ।”

घर–घरमा सिकाइ कक्षाले शिक्षा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पु¥याउने काम गरेको नरहरिनाथ–३ कुमालगाउँका स्थानीय जयमति महताराले बताए ।

“अशिक्षा र अज्ञानताका कारण हाम्रो समाज पछि परेको र हामीले विद्यालय गएर पढ्न नपाए पनि नानीबाबुहरुले पढ्न पाउने भएका छन्”, उनले भने, “घरघरमा सिकाइ कक्षा स्थापना गरेका कारण विद्यालयभन्दा बाहिर रहेका बालबालिकाले पढ्न पाएका छन् ।”

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : १५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन