वाम एकता कार्यदलले आजदेखि काम थाल्ने | Khabarhub Khabarhub

वाम एकता कार्यदलले आजदेखि काम थाल्ने


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले शनिबार गठन गरेको वाम दल एकता कार्यदलले आइतबारदेखि काम थाल्दैछ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा शनिबार वामपन्थी दलसँग एकता गर्न पाँच सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा संयोजक महरासहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिव शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य रहेका छन्।

कार्यदलले संसद्भित्र र बाहिर रहेका सबै दलसँग एकताको लागि छलफल गर्नेछ । समिति सदस्य गुरुङका अनुसार कार्यदलले सबै दलसँग कुराकानी गरेर एकताको लागि पहल गर्नेछ ।

उनका अनुसार एकता हुन नसकेका दलसँग वाम मोर्चा गर्ने तयारी भएको छ । वाम एकताका लागि माओवादीले अग्रसरता देखाएको हो । यसै विषयमा शनिबार बिहान माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा छलफल गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ४२ बजे

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

काठमाडौं : सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार

लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा

काठमाडौं– सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि भूमिसम्बन्धी

ट्रम्पले गरे युएसएडका महानिरीक्षक बर्खास्त

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय

जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा

सुर्खेत– माओवादी जनयुद्ध दिवसको अवसरमा जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर