जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति « Khabarhub

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने गरी सहमति भएको छ । आइतबार आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष राउत र उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहमति पत्रमा उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको रिहाइ पहलदेखि नागरिकता विधेयक पास गर्न दबाब दिनेसम्मका बुँदा रहेका छन् । साथै, सर्वोच्च अदालतले सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिने लगायत सहमति भएको छ ।

यस्तै, संघीय संघदेखि प्रदेशसम्मको सरकार गठन हुँदा सहमति भएका बुँदालाई कार्यान्वयनका लागि एक भएर जाने पनि सहमति पत्रमा उल्लेख छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  २ : ५२ बजे

पशुपति चौलागाईं स्मृति अस्पताल : सीमित स्रोतसाधनमा पनि विशेषज्ञ सेवा प्रवाह

दोलखा– बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं

टस हारेको काठमाडौंले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शनिबारको दोस्रो

मन्त्री घिसिङले लिए बागमतीको ढल व्यवस्थापनबारे जानकारी

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

राजधानीमा एमालेको प्रदर्शन, सवारी साधन डाइभर्सन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्‍याली

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम

काठमाडौं– जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढेको छ। फ्लू